दफा ३४
वस्तुको परीक्षण
(१) निरीक्षण अधिकृतले दफा ३३ को उपदफा (३) बमोजिम परीक्षणको लागि लिएका वस्तुको नमुना तुरुन्त सडी, गली जाने वस्तु भए तत्काल र अन्य वस्तु भए त्यस्तो नमुना लिएको मितिले चौबीस घण्टाभित्र नेपाल सरकारको प्रयोगशाला वा नेपाल सरकारले मान्यता दिएको प्रयोगशालामा तोकिए बमोजिम पठाउनु पर्नेछ।
(२) निरीक्षण अधिकृतले नमुना परीक्षण गराउन उपदफा (१) बमोजिमको प्रयोगशालामा पठाउँदा संङ्केत नम्बर दिई पठाउनु पर्नेछ।
(३) उपदफा (१) बमोजिम प्रयोगशालामा वस्तु परीक्षण गर्दा झुठा परिणाम दिएमा वा लापरबाही गरेको पाइएमा त्यस्तो कर्मचारीलाई कानून बमोजिम विभागीय कारबाही हुनेछ।